FAQs Complain Problems

मिथिला बिहारी मन्दिर

Read More

संक्षिप्त परिचय

Body: 

नेपालको मधेश प्रदेश अन्तर्गत धनुषा जिल्लामा अवस्थित मिथिला बिहारी नगरपालिका एक ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्त्व बोकेको स्थानीय तह हो। धनुषा जिल्लाका १८ स्थानीय तहहरूमध्ये यो नगरपालिका जिल्लाको मध्य भागमा पर्दछ ।

साबिकका ७ वटा गाउँ विकास समितिहरू – भूतही पर्टेवा, मिथिलेश्वर निकास, अन्दुुपट्टी, तारापट्टी सिरसिया, मिथिलेश्वर मौवाही, ठेरा कचुरी र कजरा रमौलका सम्पूर्ण वडाहरूलाई समावेश गरी नेपाल सरकारको निर्णयअनुसार वि. सं. २०७३ फाल्गुन २७ गते "मिथिला बिहारी गाउँपालिका"को रूपमा यसको गठन भएको थियो। पछि, वि. सं. २०७४ जेठ ११ गते राजपत्रमा प्रकाशित सूचनाद्वारा यसलाई नगरपालिकामा स्तरोन्नति गर्ने निर्णय भए तापनि कार्यान्वयनमा केही ढिलाइ भयो। अन्ततः, सर्वोच्च अदालतको मिति २०७४ भदौ २७ गतेको अन्तरिम आदेश पश्चात् यसले "मिथिला बिहारी नगरपालिका"को रूपमा मान्यता प्राप्त गर्यो ।

भौगोलिक रूपमा तराईको सुगम क्षेत्रमा अवस्थित भए तापनि मानव विकास सूचकांक र पूर्वाधार विकासको दृष्टिकोणले यो क्षेत्र अझै विकासोन्मुख अवस्थामै रहेको छ । तथापि, यस नगरपालिकाको आफ्नै विशिष्ट पहिचान छ । यो क्षेत्र हिन्दुहरूको पवित्र तीर्थस्थल, माता सीता अर्थात् भगवान श्रीरामको ससुरालीको रूपमा चिनिने जनकपुरधाम नगरीसँग सांस्कृतिक रूपमा जोडिएको छ । यस नगरपालिकाको नामाकरण यसै क्षेत्रमा अवस्थित प्रसिद्ध "मिथिला बिहारी भगवान" (श्रीराम) को मन्दिरको नामबाट गरिएको हो, जसले यसको धार्मिक र ऐतिहासिक गरिमालाई उजागर गर्दछ । मिथिला संस्कृतिको धरोहरको रूपमा रहेको १५ दिने मिथिला माध्यमिकी परिक्रमा (घुम्ती शिविर) को मुख्य डोला (मिथिला बिहारी भगवानको डोला) यहीँबाट प्रारम्भ हुनुले पनि यस पालिकाको महत्त्वलाई थप बढाएको छ ।

Pages

जन प्रतिनिधि

नगर उप प्रमुख

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
सूचना अधिकारी
IT Officer
सूचना प्रविधि अधिकृत