मिथिला बिहारी नगरपालिका
१.१ संक्षिप्त परिचय नेपाल अधिराज्यको मध्यमाञ्चल बिकास क्षेत्र अन्तर्गत पर्ने जनकपुर अञ्चलको छौ वटा जिल्लाहरु मध्येको एक दक्षिण भारत तर्फ सिमाना जोडिएको धनुषा जिल्लाका १८ बटा स्थानीय तह मध्ये मध्य भागमा पर्ने साविकको ६ वटा गांउ बिकास समितिहरु - न. पा. का भूतही पर्टेवा, मिथिलेश्वर निकास, अन्दुपट्टी, तारापट्टी, सिरसिया, मिथिलेश्वर मौवाही, ठेरा कचुरी र कजरा रमौल समाबेस गरी २ नं. प्रदेश अन्तर्गतका स्थानिय तहहरु मध्ये मिथिला बिहारी गाउँपालिका एक २०७३।११।२७ मा गठित स्थानीय तह हो । भौगोलिक रुपमा तराई को सुगम क्षेत्रमा अबस्थित रहेपनि मानव बिकास सुचनाङ्क तथा बिकासको दृष्टीमा पुछारमा रहेको घना बस्ती भएको मिथिला राज्यको ऐतिहासिक परिक्रमा मेला मुख्य दुईवटा (डोला) लगायतका घुम्ती शिबिर मध्ये मिथिला बिहारी भगवानको नामबाट स्थापित रहेको छ । हिन्दु धर्मको पबित्र स्थान सितामाताको अर्थात भगवान रामको ससुराली पहिचान बोकेको जनकपुर नगरी भएकोले यसले मिथिला बिहारीलाई थप पृथक पहिचान दिएको छ । धार्मिक दृष्टीले ऐतिहासिक रहेको मिथिला बिहारी (राम भगवानको) नामबाट मिथिला बिहारी भनी यस स्थानिय तहको नामाकरण गरिएको हो । मिति एक २०७४।०२ । ११ गते राजपत्रमा प्रकाशन गरी मिथिला बिहारी गा.पा. लाई नगरपालिकामा स्तरोन्नती गरियो तर लागु हुन सकेन । सर्बोच्च अदालतको अन्तरिम आदेश मिति २०७४।०५ । २७ मा जारी मिथिला बिहारी गाउ“पालिकालाई नगरपालिकामा परिणत भयो ।
मिथिला बिहारी मन्दिर
प्राचिन कालीन मिथिलाको राजधानी एवं सिताको पावन जन्म भूमि जनकपुर भन्दा पूर्व – उत्तर मा पर्ने करिब ८ कि.मी. दुरीमा मिथिला बिहारी मन्दिर साबिक कचुरी ठेरा गा.वि.स.१ हाल मिथिला बिहारी नगरपालिका ८ कचुरी गाँउमा अवस्थित छ ।
मिथिला विहारी मन्दिर स्थापना करिव २०० वर्ष भन्दा पहिले श्री श्री १०८ श्री लाडली लाल शरण जी महाराजा द्धारा भएको हो । यस मन्दिरका वर्तमान महन्थ श्री श्री १०८ वैष्णव श्री राम नरेश शरणको भनाई अनुसार यसै प्रसिद्ध मन्दिरको नामबाट मिथिला विहारी न.पा.को नामाकरण भएको हो ।
यसको आफनै धार्मिक, पर्यटकीय मुल्य, मान्यता एवं महत्व रहेको छ । मिथिला एवं मधेशको एक सुप्रसिद्ध धार्मिक १५ दिने माध्यमिकी परिक्रमा को शुरुवात यसै स्थानबाट हुने गरेको छ । यस मन्दिरको ठीक २ कि.मी. पूर्व मिथिला बिहारी न.पा.को कार्यलय अवस्थित छ भने ५ कि.मी. पूर्वमा त्रेताकालिन सुप्रसिद्ध परशुराम तलाऊ तथा १० कि.मी. पूर्वमा धनुषाधाम स्थान रहेको छ ।
१५ दिने माध्यमीक परिक्रमाको डोला यस मिथिला बिहारी मन्दिर बाट शुरु भई सर्व प्रथम विश्राम स्थलको रुपम मंदिरबाट करिब १ कि.मी .पश्चिम पर्ने मूल सडक भन्दा दक्षिण एवं जल्लाद पुल भन्दा ५०० मि. पूर्व मूल सडक भन्दा दक्षिण तिरको खाली ठाउँ लाई लिईन्छ भन्ने यसको ठीक विपरित तिर मूल सडक भन्दा उत्तर कव्रगाह रहेको छ ।
मेला – यस पावन भूमिमा सर्वप्रथम १५ दिने माध्यमिकी परिक्रमाको पहिलो डोला उठने दिनमा भव्य मेला लाग्ने गर्दछ । यस वाहेक छठ पर्वको पारन अर्थात समापन दिनको मेलामा लागि विभिन्न धार्मिक भजन किर्तन एवं नाचगाना हुने गर्दछ जसमा स्थानीय बासिन्दाहरु रमाइलो गरि धुमधामको साथ खुशीयाली मनाउने गर्दछन् ।
शरद पूर्णिमा ,राम नवमी एवं कृष्ण जन्म अष्टमीमा (दही कादो ) को दिनमा पनि भजन किर्तन गरिन्छ ।
सम्पति – मिथिला विहारी मन्दिर करिव १५ कठ्ठामा घेरिएको एक सुन्दर रमणीय प्राङ्गण छ । यसको आफनो १.५ विग्हामा फुलवारी एवं करिव १४ विघा जमिन रहेको अवस्था छ । यस सम्पूर्ण सम्पतिको हेरचाह एवं व्यवस्थापन स्वयं मन्दिरको महन्थ श्री श्री १०८ वैष्णव श्री राम नरेश शरण जी महाराज वाट गरिन्छ । सम्पूर्ण सम्पत्ती खरिदमान सिंह, जितमान सिंह १५० वषर््ा पहिले दानबाट आएको हो भन्ने हालको महन्थ श्री श्री १०८ वैष्णव श्री राम नरेश जी महराजको भनाई छ ।
पूजन विभिः
समय प्रत्येक दिन यस मन्दिरको पूजा आर्जाको लागि एक पुजारी सम्पूर्ण पूजन विधि समापन गरिन्छ ।
पूजाको समय–शुवह ८ः०० बजे
भोग लाग्ने समय ११ ः ०० बजे
शयन समय १२ ः बजे
जल आगमन ३ ः३० बजे
आरती समय ७ः३० बजे
अन्न क्षेत्र ः १० ः बजे
शयन ११ ः बजे
मि.वि.मन्दिर पूर्व उत्तरमा –शिव मन्दिर
मि.वि. मन्दिर पूर्व दक्षिण –हनुमान मन्दिर
मि.वि. पुर्व दक्षिणमा –राधा कृष्ण मन्दिर अवस्थित छन ।
यो मन्दिर यस मिथिला विहारी न.पा.को एक धार्मिक सांस्कृतिक क्षेत्र साथै पर्यटकीय क्षेत्रको रुपमा लिन सकिन्छ ।
मिथिला विहारी मन्दिर एवं परिक्रमा भएको तस्वीरहरु
परशुराम तलाउ
प्राचिन मिथिलाको राजधानी जनकपुरधाम भन्दा करिव १४ कि.मी . पूर्व तथा धनुषाधाम भन्दा करिव ५ कि.मी पश्चिममा अवस्थित रामायण कालीन परशुराम तलाउ अवस्थित छ । पहिले यो तलाउ जनक सरोवरको नाउँले चिनिन्थ्यो । पछी परशुरामको घोर तपश्याबाट कालो कमलको पूmल सेतो भएपछिको दिनदेखि परशुराम तलाउ चिनिन थालिएको स्थानीय वासीको कथन छ । यो तलाउ साबिक मिथिलेश्वर निकास ४ हाल मिथिला विहारी न.पा. २ मा अवस्थित रहेको छ । २५ विग्हा क्षेत्रफल भएको यो तलाउको दक्षिणतिर सिता सरोवर छ । यो दुवै परशुराम तलाउ र सिता सरोवर मिलाएर पनिहट १० विग्हा तथा १५ विग्हामा तलाउको डिल छ । यसको ठिक पश्चिम पट्टी जगधर नदी बगिरहेको छ । यहाँका सम्पूर्ण सम्पतिको रेखदेख ४÷५ वर्ष देखि निरन्तर महन्थ श्री श्री १०८ श्री वैष्णव मौनी बाबा तथा सहायक महन्थ श्री श्री १०८ श्री वैष्णव राधा मोहन दासजी महाराज द्धारा भैरहेको छ ।
पोखरी जलाशयमा शिली , जलहाँस , नीलकमल रक्त कमल जस्ता दुर्लभ पंक्षी तथा लोपोन्मुख प्रजातिका वनस्पतीहरु पाउनु यसको प्रमूख विशेषता हो । यहाँ छठ , एकादशमी , एवं जीतिया पर्वमा धार्मिक भजन , किर्तन , नाचगानको व्यवस्था गरी तलाउ बेहुली जस्तै श्रृंगारिन्छ । जितिया पर्वमा विहानैदेखि यस क्षेत्रवरिपरिका महिलाहरुको उल्लेखनीय भीड लाग्ने गर्दछ ।
पूजा समय विहान ५ वजे देखि १० बजे सम्म साँझ ५बजे देखि १० बजे सम्म प्रत्येक दिन निरन्तर भईरहन्छ ।
यो तलाउको पूर्वी डिलमा अवस्थित नगर डिहवार मन्दिर वर्तमान नगर प्रमूख अनिल कुमार यादव द्धारा निर्मित छ । उत्तर डिलमा पूर्वबाट मिथिलेश्वर महादेव मन्दिर, बिचमा परशुराम मुर्ति जुन निर्माणाधिन अवस्था मा छ र उत्तर डिलको सबै भन्दा पश्चिममा हनुमानजी महराजको मन्दिर भव्य रुपमा बनाइएको छ । तलाउमा प्रवेश गर्न एउटा ठूलो प्रवेश द्धारा उत्तरतिर बनाईएकोे छ । ।
जगधर नदी , सिता सरोवर , परशुराम तलाउमा पवित्र स्नान गरी शिव धनुषको दैनिक नियमित पूजापाठ दर्शन लाभ निरन्तर चलिरहँदा पनि ठोस संरक्षणको अभावमा लोपोन्मुख अवस्था जस्तै देखिन्छ ।
यस क्षेत्रलाई विशेष महत्वको साथ विकास एवं सौन्दर्यीकरणमा जोड दिइए मिथिला क्षेत्रको एउटा विषय महत्व्कोे पर्यटकीय , धार्मिक , सांस्कृतिक ,क्षेत्रको रुपमा परिचित भई यस क्षेत्रको सर्वाङ्गीन विकासमा टेवा पुग्ने सम्भावना वोकेको परशुराम तलाउको महत्व एवं विशेषताले यहाँका वासिन्दाहरुको समेत व्यत्तित्व झल्किने सम्भावना देखिन्छ । यसमा मिथिला बिहारी न.पा.लाई विशेष अवसरको रुपमा लिन सकिन्छ ।
१.१.१. मिथिला बिहारी नगरपालिकाको राजनैतिक बिभाजन
प्रदेश ः २ नं.
जिल्ला ः धनुषा
नगरपालिकाको कार्यालय ः तारापट्टी
वडा संख्या ः १०
१.१.२. जनसंख्या तथा भौगोलिक अबस्था
क्षेत्रफल ः ३७.६० बर्ग कि.मि.
कुलजनसंख्या ः ३३५२१ म्हिला ः पूरुष ः
सिमाना
पूर्ब ः धनुपाधाम र हंसपुर नगरपालिका
पश्चिम ः क्षिरेश्वरनाथ न.पा. लक्षमिनिया न.पा.
उत्तर ःधनुषाधाम न.पा. र क्षिरेश्वर नाथ
दक्षिण ः हंसपुर न.पा. र जनकपुर उ.म.न.पा.
वडा बिभाजन
बडा नं. समाबेश भएका साबिक गा.बि.स.÷न.पा.हरु साबिक नं. जनसंख्या क्षेत्रफल बर्ग कि.मि.
१. भूतही पर्टेवा १ − ८ ४२७१ ७.७२
२. मिथिलेश्वर निकास १ – ५ ३४६४ ३.२०
३. मिथिलेश्वर मौवाही १ − ९ ३८६३ ३.४१
४. कजरा रमौल १ − ५ २८५० ३.४६
५. मिथिलेश्वर निकास ६ − ९ ३६९० ४.८५
६. तारापट्टी सिरसिया १ − ५ ४७२० ३.६५
७. तारापट्टी सिरसिया ६ − ९ ३११२ २.०७
८. ठेरा कचुरी १ − ५ ३०२२ ३.४६
९. अन्दुपट्टी १ − ५ १७२१ २.२९
१०. ठेरा कचुरी ६ − ९ २८०८ ३.२९
१.१. प्रमूख धार्भिक÷ सांस्कृतिक स्थल तथा सरोबर
यस नगरपालिका क्षेत्र भित्र मिथिला बिहारी मन्दिर, परशुराम तलाउ, सितासरोवर, राधाकृष्ण मन्दिर, दुर्गा मन्दिर, शिबलिंग, सहलेस मन्दिर,नगरडिहबार मन्दिर, तपेश्वरनाथ मन्दिर, ललिया ठाकुर मन्दिर तथा यस नगरपालिका अन्र्तगत सबै भन्दा ठूलो नदीमा जलाद एंबं जगधर नदी पर्दछन् ।
१.२. धर्म, संस्कृति र जातजाती
यस नगरपालिका क्षेत्रमा हिन्दु धर्म मान्नेहरुको बाहुल्यता भए तापनि मुश्लिम धर्म मान्नेहरु पनि रहेको पाईन्छ । यस क्षेत्रमा जुडशितल जुन प्रत्येक बर्ष नया बर्षमा भब्यताका साथ यस क्षेत्रका बासिन्दाहरु ८७ ब्यञ्जन जस्ता मीठा प्रकारहरु खाई एकआपसमा नया बर्षको शुभकामना अदान प्रदान गरी नँया बर्षमा प्रवेश गरिन्छ । यस क्षेत्रमा आषाढे पूजा, कृष्णजन्माष्टमी, दशैं, दिपावली, छठ्ठ, जितिया, माघे संक्रान्ति १५ दिने मध्यमिकी परिक्रमा मेला, होली, ईद, बकरीद, रोजा आदीइत्यादी पर्बहरु मनाउने गर्दछन् । यस क्षेत्रमा खास गरी यादव, साह, मण्डल जातिको बाहुल्यता भएपनी यहाँ चमार, डोम, मुसहर, हलखोर, दुसाध, धानुक, केबट, मुसलमान, हलुवाई, धोबी, हजाम, लोहार, सोनार, माली, ब्राम्हण, कायस्थ, कथबनिया, कोईरी, राजपुत आदी जातजातिहरुको मिश्रित बसोबास रहेको पाईन्छ ।